आगलागीबाट क्षति

सप्तरी, मंसीर १८गते । जिल्ला सप्तरी खडक नगरपालिका- ७ कल्याणपुर स्थित विन्दा देवि भगतको घरमा रहेको सोही ठाउँ बस्ने मैजुल मियाको बन्द सटर भित्र रहेको कपडा पसलमा अचानक आगलागी हुदा पसल भित्र रहेको अन्दाजि २०/२५ लाख (विश पच्चिस लाख) बराबरको कपडाहरु जलि नष्ट भएको उक्त आगलागी ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलि र स्थानिय बासीहरुको संयुक्त प्रयासमा पुर्ण रुपमा नियन्त्रणमा आएको  छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भई रहेको छ ।