समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

सर्लाही, मंसिर १८ गते । ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको आयोजनामा जिल्ला सर्लाही हरिवन नगरपालिका-९ सुकेपोखरी स्थित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत  जिल्ला समन्वय समितीको उप प्रमुख जमुना पराजुलीको प्रमुख आतिथ्यतमा महिला हिंसा बिरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा २०० जनाको संख्यामा स्थानिय बासिन्दा हरुको  उपस्थिती रहेको थियो ।