लागू औषध सहित मानिस पक्राउ

बारा, मंसिर १८ गते । जिल्ला बारा जितपुर सिमरा उप-माहानगरपालिका-३ रामबन स्थित ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला काठ्माडौ महानगरपालिका बौद्ध बस्ने बर्ष १८ को लकपा शेर्पा र जिल्ला पर्सा बिरगंज महानगरपालिका-३२ बस्ने बर्ष ५० को नैमुदिन अंसारीको साथबाट फेनारगन-१५०, डाईजोपम- १५०, नुरफिन- १५० थान बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएको छ।

 यसै गरी मंसिर १८ गते ईलाका प्रहरि हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले जिल्ला सर्लाही हरिवन नगरपालिका-११ गनाउने पुल स्थितबाट जिल्ला सर्लाही हरिवन नगरपालिका- ७ बस्ने बर्ष २३ को उमेश कुमार महतो र सोही ठाउँ बस्ने बर्ष १९ को शुभ नारायण रामलाई हिँडिरहेको अबस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट  लागू अऔषध नाइट्राभेट ट्याब्लेट- ७ थान फेला पारि निजहरुरुलाई नियन्त्रणमा लिईएको छ ।

त्यसै गरि प्रहरी चौकी पथ्थरकोट सर्लाहीबाट खटिएको प्रहरी टोलिले जिल्ला सर्लाहि लालबन्दी नगरपालिका-१४ सत्रकठ्ठा घुमाउनेडाडा स्थितबाट  ना. ५६ प. ६८९४ नंम्बरको  मोटरसाईकललाई चेक जाँच गर्दा उक्त मोटरसाईकलमा लोड गरी ल्याएको सेतो बोरा भित्र प्याक गरेको लागू औषध  गाँजा ३० कीलो फेलापारी मोटरसाईकल चालक जिल्ला सर्लाही   हरिवन नगरपालिका-३ मोहननपुर बस्ने बर्ष-२८ को संन्तोष दासलाई  नियन्त्रणमालिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय लालबन्दि सर्लाहीमा पठाएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।