काठ चोरी मुद्दाका फरार २ जना पक्राउ

बारा, मंसिर १८ गते  ।

रौतहट जिल्ला एक सदस्यीय वन संरक्षण विशेष अदालतको मिति २०४९।०२।२६ गतेको फैसला आदेशले खयर काठ चोरी मुद्दामा जनही १ वर्ष कैद र रु.५,५४७ ।- जरिवाना लागि फरार रहेका जिल्ला बारा कोल्हवी वडा नं.९ बस्ने रामगिर चौधरी र पाच पाहुन चौधरीलाई मिति २०७५।०८।१८ गते ईलाका प्रहरी कार्यालय कोल्हवी, बाराबाट खटिएको प्रहरी टोलीले निजहरुलाई आफ्नो गाँउटोलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले ठेकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय बिरगंजमा पठाईएको छ ।