भन्सार छलिका सामान बरामद

बारा, मंसिर १८ गते ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी  टोलीले विभिन्न मिति र विभिन्न स्थानबाट भारबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राईएको अन्दाजी मुल्य रु. १,०७,२७५ ।- बराबरको विभिन्न मालसमान वेवारिसे अवस्थामा फेलापारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बीरगंज पर्सामा पठाईएको छ ।