अवैध भंसार छली ल्याउदै गरेको सर-समान बरामद

पर्सा, पौष १८ गते ।

गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय विर्ता, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका-१६, रजतजयन्तीचोक स्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै  गरेको ना.२ ह. २९६९ नम्बरको ई-रिक्सामा चेकजांच गर्ने क्रममा रिक्सा चालक रिक्सा छाडी भागेकोमा उक्त ई-रिक्सामा लोड रहेको जुटकोबोरामा ४ बोरा चरेश (पित्तल) को कचौरा, २ बोरा ईलेक्ट्रोनिक्स समान गरी अन्दाजी रु.५,५४,४३० मुल्य बराबरको सामान फेला परेकोले बरामद गरी ई-रिक्सा समेत नियन्त्रणमा लिएको छ । उक्त सामानहरु तथा ई-रिक्शा समेत आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाइएको छ ।