फरार प्रतिबादी पक्राउ

सिरहा, पौष १९ गते ।

मिति २०७५।०६।११ गते जिल्ला सिरहा, बिष्णुपुर गाउँ पालिका- ३ नजिकै १३ बर्षिय बलिकालाई जबरजस्ति करणी गरी वारदात पश्चात फरार रहेका प्रतिबादी सोही गाउँ पालिका- ३ बस्ने २२ बर्षिय रबिन्द्र यादबलाई उक्त गाउँ पालिका-१ नजिकबाट ईलाका प्रहरी कार्यालय बिष्णुपुर, सिरहाबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको छ ।

त्यसै गरी सिरहा जिल्ला अदालतबाट लेनदेन मुद्धामा बिभिन्न मितिमा भएको फैसला आदेशले कैद सजाय भई फरार रहेका प्रतिबादीहरुलाई प्रहरी चौकि बेल्हा, सिरहाबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्रउ गरी आवश्यक कार्वाहीकोलागी जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको छ ।

पक्रउ पर्नेहरुमा जिल्ला सिरहा, सिरहा नगरपालिका -१२ बस्ने ३८ बर्षिय अनिता देबि सहनी र सोही ठाउँ बस्ने ४० बर्षिय भत्ति खातुन रहेका छन ।