आगलागीबाट क्षति

सर्लाही, पौष २० गते ।

जिल्ला सर्लाही बलरा नगरपालिका-३ लक्ष्मिपुर स्थित विनोद झाको कुखुराको फर्ममा राखेको सानो ग्यास सिलिण्डर अचानक पड्किन गई आगलागी हुँदा फर्ममा रहेको कुखुराको चल्ला- २ हजार  र कुखुराको दाना जलि नष्ट हुदा रु. २,५०,०००।- (दुई लाख पचास हजार ) बराबरको क्षति भएको छ । शुक्रबार बिहान ०२:३० बजे आगलागी भएको भन्ने जानकारी प्राप्त हुन साथ सिमा प्रहरी चौकी बलरा, सर्लाहीबाट तत्काल प्रहरी टोली खटी गई खटिएको प्रहरी टोलीले  स्थानियबासीहरुको सहयोगमा उक्त आगलागी ०३:१० बजे  पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।