आगलागीबाट क्षति :- (सिरहा र महोत्तरी)

सिरहा, पौष २३ गते ०२:०० बजे ।

जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं. १ गेरुवा स्थित बस्ने रामेश्वर यादबको फुसको छाना भएको १ तले घरमा चुलामा बालेको आगोको खरानी बाहिर फालेको ठाँउवाट अचानक आगलागी भएको हुँदा निजको घर पुर्ण रुपमा जलि हल गोरु-१, भैसी-१ वटा जली घाईते,पाडी-१ जली मृत्यु, खसी-१ र बाख्रा-१ जली मृत्यु र ४० मुरी धान तथा अन्य भाडा वर्तन, लत्ताकपडा, फर्निचर, साईकल र घर समेत गरी कुल जम्मा अन्दाजी मुल्य रु.२,२५,०००/- बराबरको क्षती भएको छ । उक्त आगो ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी टोली तथा स्थानिय वासीहरुको सहयोगमा ०३:०० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।

            यसै गरी महोत्तरी, पौष २२ गते अन्दाजी १६:१५ बजेको समयमा जिल्ला महोत्तरी औरही नगरपालिका ३ श्रीपुर बस्ने महेन्द्र  यादबको फुसको घरमा आगो ताप्न बालेको  घुरबाट  अचानक आगो सल्किन गई घर पुर्ण रुपमा जलि नष्ट भएको र सोही घर नजिकै रहेको निजको  ईट्टा र टालिले छाएको एक तल्ले घरमा समेतमा आगलागि भई घरमा रहेको सोनि टेलिभिजन- १ थान अन्दाजी मुल्य २०,०००।–, साईकल थान १ अन्दाजी मुल्य ५०००।–, ज.२.प. ६०२ नम्बरको यामहा मोटरसाईकल थान-१ अन्दाजी मुल्य रु १,००,०००/-, घर भित्र रहेको नगद रु.१,५०,०००/– , फुसको घर अन्दाजी मुल्य रु ३०,०००/–, ईट्टा र टालीले छाएको घर अन्दाजी मुल्य रु. ३०,०००/– गरी जम्मा ३,३५,०००।– बराबरको क्षती भएको छ । उक्त आगो अस्थाई प्रहरी पोष्ट कठुधार महोत्तरीबाट खटिएको प्रहरी र स्थानीय बासीको सहयोगमा १६;४० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।