फरार प्रतिबादी पक्राउ

सिरहा, पौष २३ गते ।

जिल्ला सिरहा सासोर गाउँ विकास समिति-६ घर भई हाल सिरहा नगरपालिका-७ दास टोल बस्ने लेनदेन मुद्घाको अदालतले १ वर्ष कैद सजाए तोकिएको अन्दाजी वर्ष ३४/३५ की चन्द्रदेबी दास फरार प्रतिवादीलाई वडा प्रहरी कार्यालय "ख" सिरहाबाट खटिएको प्रहरी टोलिले जिल्ला सिरहा सिरहा नगरपालिका-७ दास टोल स्थित निजको घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप कारवाही प्रकृया अगाडि बढाएको छ ।