आगलागी बाट क्षती

सिरहा, पौष २३ गते अन्दाजी १७:३० बजे ।

जिल्ला सिरहा कल्याणपुर नगरपालिका-११ कल्याणपुर बजार बस्ने सुरेश मण्डलको काठ वासले बनेको खपडा र जस्ताको छानो भएको दुई कोठ्ठे घरमा अचानक आगलागी हुँदा घर भित्र रहेको ना.२ख.११५० नम्बरको सिटी रिक्सामा आम्सिक क्षती भएको र घर, लत्ताकपडा ,अन्नपात गरी अन्दाजी मुल्य रु.४,००,०००/- (चार लाख) बराबरको क्षती भएको छ । उक्त आगो ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरी टोली र स्थानिय बासीको  सहयोगमा १७:५० बजेपुर्ण रुपमा नियन्त्रणमा आएको  छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।