समुदाय-प्रहरी साझेदारी सम्बन्धमा अन्तकृया कार्यक्रम सम्पन्न

धनुषा, पौष २४ गते ।

जिल्ला धनुषा जनकपुर उप- महानगर पालिका अन्तर्गत जिल्ला प्रशासन कार्यालय धनुषा अधिकृत संगम हलमा "समुदाय-प्रहरी साझेदारी " कार्यक्रम अवधारणाको सम्बन्धमा प्रहरी कर्मचारीहरुमा थप स्पष्टता ल्याउन, अवधारणा कार्यान्वयनका क्रममा देखा परेका समस्याहरुको सम्बोधन गर्न र अवधारणामा उल्लेखित समुदाय तथा बिधालय केन्द्रित कार्यक्रम संचालनमा एकरुपता, तिब्रता एंव प्रभाबकारीता ल्याउने बिषयमा जिल्ला समन्वय समितिका प्रमुख रामदेब बनरैतको प्रमुख आतिथ्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

 उक्त कार्यक्रमा जिल्ला धनुषाका जिल्ला प्रमुख अधिकारी, धनुषा जिल्लाका स्थानिय निकायका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख, नागरीक समाजका प्रतिनिधि, संचारकर्मी, महिला संजाल, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, बिभिन्न सामुदायिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

साथै उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट सहजकर्ताको रुपमा खटिई आउनु भएका नेपाल प्रहरीका प्रबक्ता प्रहरी बरीष्ठ उपरीक्षक उत्तम राज सुबेदीबाट सहभागीहरुलाई समुदाय-प्रहरी साझेदारी अवधारणामा प्रहरी र बिधालय सम्पर्कको बारेमा सहजिकरण तथा अभिमुखीकरण सम्बन्धि प्रशिक्षण दिनु भएको थियो ।