समुदाय-प्रहरी साझेदारी सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न

धनुषा, पौष २४ गते ।

जिल्ला धनुषा जनकपुर उप- महानगर पालिका अन्तर्गत जिल्ला प्रशासन कार्यालय धनुषा अधिकृत संगम हलमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट सहजकर्ताको रुपमा खटिई आउनु भएका नेपाल प्रहरीका प्रबक्ता प्रहरी बरीष्ठ उपरीक्षक उत्तम राज सुबेदीको प्रमुख आतिथ्यमा "समुदाय-प्रहरी साझेदारी " कार्यक्रम अवधारणाको सम्बन्धमा प्रहरी कर्मचारीहरुमा थप स्पष्टता ल्याउन, अवधारणा कार्यान्वयनका क्रममा देखा परेका समस्याहरुको सम्बोधन गर्न र अवधारणामा उल्लेखित समुदाय तथा बिधालय केन्द्रित कार्यक्रम संचालनमा एकरुपता, तिब्रता एंव प्रभाबकारीता ल्याउने बिषयमा प्रहरी कर्मचारीलाई लक्षित गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 सो अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ अन्तर्गतका बिभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुख, जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख र मातहत प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा समुदाय- प्रहरी साझेदारी, अवधारणा कार्यक्रम सँग आबद्ध जुनियर प्रहरी अधिकृत तथा जवानहरुको गरी ६३ जनाको उपस्थिति रहेको थियो ।