लागूऔषध गाँजा सहित मानिस पक्राउ

सर्लाही, पौष २५ गते ।

जिल्ला सर्लाही लालबन्दी नगरपालिका-१ नौँ नम्बर ड्याम स्थितबाट डाबरी तर्फ जादै गरेको ना. ७ प. ६१२४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा रातो प्लाष्टिकले बेरी कार्टुन आकारमा बनाएको प्रतिबन्धित लागूऔषध गाँजा- १६ किलो ५०० ग्राम, मोबाईल फोन- ३ थान र उक्त मोटर साईकल बरामद गरी जिल्ला सिन्धुली हरिहरपुर गाउँपालिका-७ गढी बस्ने बर्ष ३२ को धर्म सिंह मोक्तान, सोही ठाउँ बस्ने बर्ष २४ को शंख बहादुर बम्जन र जिल्ला सर्लाही हरिवन नगरपालिका-३ माने टोल बस्ने बर्ष २८ को राजेश ठाकुरलाई समेत पक्राउ गरिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

            यसै गरी पौष २४ गते । जिल्ला सर्लाही कौडेना गाउँपालिका-१ लक्ष्मिपुर स्थीत प्रहरी चौकी सुन्दरपुर सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले  नेपाल बाट भारत तर्फ जदै गरेको BR-55 A-7919 नम्बरको मोटरसाईकल शंका लागि चेकजाँच गर्ने क्रममा चालक भारत राज्य बिहार प्रदेश सीतामढी जिल्ला बसबिटा ग्रामपञ्चायत वडा नम्बर ११ बसबिटा टोलमा बस्ने वर्ष १९ को पुष्कर मिश्रको साथ बाट निजको कम्मरमा सेतो रंगको गम्छा(कपडा)ले बेरी कालो रंगको ३ (तीन) वटा प्लाष्टिकको झोलामा राखेको प्रतिबन्धित लागू औषध गाँजा ५०० ग्राम फेला पारी बरामद गरी उक्त मोटरसाईकलको पछाडी सवार सोही स्थान बस्ने वर्ष ३६ को  कन्हाई मिश्र र निज पुष्कर मिश्रलाई समेतलाई पक्राउ गरिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।