जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा, पौष २५ गते ।

सम्मानित बारा जिल्ला अदालतको मिति २०६७।०२।२६ गतेको फैसाला सदर हुने गरी सम्मानित सर्वोच्च अदालतबाट मिति २०७४।०६।२९ गते भएको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद लागि फरार रहेका जिल्ला बारा साबिक निजगढ गाउँविकास समिति वडा नं. ३ हाल निजगढ नगरपालिका वडा नं. ४ बस्ने शिव प्रधानको छोरा वर्ष ३० को श्रवण कुमार प्रधानलाई ईलाका प्रहरी कार्यालय निजगढ,बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा मिति २०७५।०९।२५ गते सम्मानित अदालतको आदेशले निजलाई ठेकिएको कैद भुक्तानको लागि बीरगंज कारागारमा पठाईएको छ ।