लागूऔषध सहित मानिस पक्राउ

सिरहा, माघ २६ गते ।

जिल्ला सिरहा लहान नगरपालिका-३ स्थित पूर्व बसपार्कबाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई शनिवार साझँ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका-७ का २७ वर्षीय आशिष सिलवाल र जिल्ला सिरहा लहान नगरपालिका-३ का २५ वर्षीय राम बाबु शर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय लहान, सिरहा र सशस्त्र प्रहरी बेश क्याम्प लहान, सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले निज सिलवाललाई शंका लागि चेक जाँच गर्दा  प्लाष्टिकको झोलामा बोकेको प्रतिबन्धित लागूऔषध फेनारगन-९ एम्पुल, डाईजिल्याव- ९ एम्पुल र नोर्फीन- ८ एम्पुल फेला पारी पक्राउ गरीएको हो भने निज शर्मा लाई उक्त कार्यमा संम्लग्न रहेकोले पक्राउ गरीएको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।