आगलागीबाट क्षति

महोत्तरी, माघ २६ गते ।

शनिवार दिउँसो पानी सँगै परेको चट्याङ्बाट आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ ।

   जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-११ चनौटे का दिल बहादुर डिम्डमको काठ र टायलले बनेको २ तले कच्चि घर र घरमा रहेको नगद रु.२ लाख ,लत्ताकपडा, भडावर्तन र अन्नपात जलि नष्ट हुँदा  ९ लाख बराबर र बुध्दिमान जिम्माको १ तले कच्चि घर र घर भित्र रहेको नगद रु. एकलाख, भाडा बर्तन र लत्ता कपडा जलि नष्ट हुँदा रु.२ लाख बराबरको क्षति भएको प्रहरी चौकी खयरमार, महोत्तरीले जनायको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरी रहेको छ ।

          त्यसैगरी सर्लाही, माघ २७ गते । जिल्ला सर्लाही चक्रघट्टा गाउँपालिका-७ सगरदिना का सरफ लहेरीको घरमा अचानक काठको २ तले घरमा आईतवार बिहान आगलागी हुँदा घर र घर भित्र रहेका अन्नपात लत्ता कपडा र एक खशि जलि मृत्यु हुँदा करिव रु.२,५०,०००।- (दुई लाख पचास हजार) बराबरको क्षति भएको छ । उक्त आगलागी भएको भन्ने सुचना प्राप्त हुनसाथ प्रहरी चौकी औरही सर्लाहीबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।