ट्राफिक संकेत बोर्ड हस्तान्तरण

पर्सा माघ २६ गते ।

जिल्ला पर्सा बीरगंज महानगरपालिका-१० आदर्शनगरमा एभरेष्ट हेल्थ केयर ग्रुप र उमंग राना सरियाको आयोजना तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर-१० पर्साको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक कार्यक्रमका बिच शनिवार ट्राफिक संकेत बोर्डहरु हस्तान्तरण गरिएको छ ।

        ग्रुपका अध्यक्ष श्री जयप्रकाश खेतानको अध्यक्षतामा हस्तान्तरण गरिएको उक्त कार्यक्रमामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा, सेवा केन्द्रको पदाधिकारीहरु तथा स्थानीय भद्रभलादमीहरु को उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी प्रमुख राज कुमार सिहंले प्राप्त संकेत बोर्डहरुलाई आवश्यकता अनुसार महानगरका विभिन्न ठाउँमा राखिने र जसले गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्नुका साथै सवारी आवागमनमा सहजता ल्याउने बताउनु भयो ।