ट्राफिक कम्युनिकेशन एप को शुभारम्भ

 

 सप्तरी, माघ २७ गते । प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २, पथलैया, बाराको आयोजनामा जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका-३ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको कार्यालय अगाडी महेन्द्र राजमार्गमा Traffice communication app को प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २, का प्रमुख प्रहरी नायब महानिरीक्षक हरी बहादुर पालले एक कार्यक्रमका बिच शुभारम्भ गर्नु भयो ।उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैया, बारा र ट्राफिक प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख लगाएत संचार कर्मीहरु, स्थानिय निकायका पदाधिकारीहरु र स्थानिय नागरीकहरुको उपस्थिती रहेको थियो ।

        प्रहरी प्रधान कार्यालय संचार, ट्रफिक निर्देशनालय र प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २,  जनकपुरसँगको सहकार्यमा राखिएको उक्त एपले लामो दुरीमा चल्ने सवारी साधनहरुमा चालक परिवर्तन भएको वा नभएको सम्बन्धि सूचना ट्रफिक प्रहरीलाई दिने छ जसले गर्दा राजमार्गमा हुने सवारी दुर्घटनामा कमी आउने छ ।