आगोलागीबाट क्षति

पर्सा, माघ २८ गते ।

सोमवार विहान पर्सामा भएको आगलागीबाट करिव ७/ ८ लाख बराबरको धनमाल जलि क्षति भएको छ ।

जिल्ला पर्सा बीरगंज महानगरपालिका-८ स्थित घण्टाघर टाँगा स्टेशनमा रहेको दिपेन्द्र साहको घरमा सोही महानगरपालिका-१ छप्कैयाका ईसराईल खानले संचालन गरेको अण्डाको होलसेल पसलमा विद्युत सर्टभई आगोलगी हुँदा उक्त क्षति भएको हो । आगोलागी भएको सुचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बिर्ता, पर्सा र अस्थाई प्रहरी पोष्ट घण्टाघर, पर्साबाट तत्काल प्रहरी टोली परिचालित भई  स्थानियवासी र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो