अबैध लागूऔषध सहित पक्राउ

पर्सा, माघ २८ गते ।

जिल्ला पर्सा बीरगंज महानगरपालिका-१६ शंकरआचार्य गेट नजिकबाट अवैध लागूऔषध चरेश करिव १० किलो सहित २ जना भारतीय नागरिकलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

      पक्राउ पर्नेहरुमा भारत वेष्ट बंगाल कोलकता-११ नारगेल मेनरोडका ३८ वर्षीय मोहमद सकिल र २६ वर्षिय मोहमद फरिद रहेका छन् । प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरी चेकीङ टोलीले निजहरू नेपालबाट भारत तर्फ पैदल जादै गरेको अवस्थामा शंकालागि चेकजाँच गर्ने क्रममा शरिरमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेलापारी पक्राउ गरिएको हो । पक्राउ परेका सकिल र फरिदलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको छ ।           

          यसै गरी सर्लाही, माघ २७ गते । जिल्ला सर्लाही लहान नगरपालिका-१३ सेतिभिर वस्ने २८ बर्षीय हर्क बहादुर ब्लोनलाई अबैध लागूऔषध गाँजा करिव ५ किलो सहित आईतवार साझँ प्रहरीले पक्राउ गरी आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय लालबन्दि, सर्लाहीमा पठाएको  छ ।

निज ब्लोनले घरमा उक्त लागूऔषध गाँजा लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी पत्थरकोट, सर्लाहीबाट खटिएको प्रहरी टोलीले घरमा गई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा लुकाई राखेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।