१३ बर्ष देखी फरार प्रतिबादी पक्राउ

बारा, माघ २८ गते । बारा जिल्ला अदालतको मिति २०६२।०३।०१ गतेको फैसला आदेशले २ वर्ष कैद सजाय भई फरार रहेका अंगभंग मुद्दाका प्रतिबादीलाई प्रहरीले पक्राउ गरी ठेकीएको कैद सजाय भुक्तानको लागि सोमवार बीरगंज कारागार, पर्सामा पठाएको छ ।

       पक्राउ पर्नेमा जिल्ला बारा प्रसौनी गाउँपालिका-५ का ४३ वर्षीय सत्येन्द्र साह तेली रहेका छन् । निज तेलीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।