निशुल्कआँखा शिबिर सम्पन्न

पर्सा, माघ २८ गते । समुदाय-प्रहरी सझेदारी अवधारणा अन्तर्गत जिल्ला पर्सा, ठोरी गाउँपालिका- ५ सुवर्णपुर स्थित सोही गाउँपालिका-५ वडा कार्यलयको प्राङ्गणमा एक दिने निशुल्क आँखा शिबिर सोमवार सम्पन्न भएको छ ।

          प्रहरी चौकी सुवर्णपुर, पर्साको सहकार्यमा मातृका आँखा फाउन्डेसन बीरगंज, पर्साको आयोजनामा सम्पन्न भएको उक्त आँखा शिबिरमा उल्लेख्य मात्रामा विद्यार्थी तथा स्थानिय नागरीकहरुले आँखा जाँच गराएका थिए ।