अवैध लागूऔषध गाँजा सहित पक्राउ

बारा, माघ २८ गते । जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका-७ लालका पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिव ८ किलो सहित ३ जनालाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।

          पक्राउ पर्नेहरुमा जिल्ला पर्सा, पर्सागढी नगरपालिका-८ का ३२ वर्षीय शिव कुमार महतो, जिल्ला मकवानपुर राक्सिरांग गाउँपालिका-३ का ३१ वर्षीय हिमालसगा रुम्बा र सोही गाउँपालिका-३ का ३० वर्षीय श्रीराम स्यांग्तान रहेका छन् ।

          ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी गस्ति टोलीले  शंका लागि निजहरु सवार रहेको ना. ६० प ५७६८ नम्बरको मोटरसाईकल रोकी चेक जाँच गर्दा झोलामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको अवैध लागूऔषध फेला पारी पक्राउ गरीएको हो । यस सम्बन्धमा प्रहारीले थप अनुसन्धान गरीरहेको छ ।