समुदाय- प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

सप्तरी, माघ २९ गते ।

जिल्ला सप्तरी राजबिराज नगरपालिका-४ स्थित गजेन्द्र नारायण चोकमा समुदाय- प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरी र सामुदायिक सेवाकेन्द्र राजबिराज, सप्तरीको संयुक्त आयोजनामा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतित्थयमा रक्तदान कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।         

          जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख , नेपाली सेना, साझेदारी संस्थाका सरोकारवाला ब्यक्तिहरु लगाएत स्थानिय सर्वसाधरणहरुको सहभागिता रहेको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।

           त्यसै गरी बारा, माघ २८ गते । सामुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला बारा कलैया उप-महानगरपालिका-१ भरत चोकमा महिला हिंसा, बाल विवाह तथा दाइजो प्रथा विरूद्ध सडक नाटक सोमवार  सम्पन्न भएको छ ।

           जिल्ला प्रहरी कार्यालय बारा र सुन्दर नेपाल संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त सडक नाटकको माध्यमबाट महिला हिंसा, बाल विवाह तथा दाइजो प्रथालाई अन्त्य गरिनु पर्छ यस्ता किसिमका कार्यहरुबाट पिडित भएमा प्रहरीको सहयोग लिनु पर्छ भन्ने मुल सन्देश प्रवाहीत गरिएको सडक नाटकमा विद्यार्थी तथा स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।