अबैध मरिच बरामद

महोत्तरी, २०७६ श्रावण २१ गते  ।

अबैध मरिच लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्र.ना.उ. माधब प्रसाद बुढाथोकीको कमाण्डमा टोली खटि गई जिल्ला महोत्तरी मटिहानी नगरपालिका- ८ बस्ने जिल्ला महोत्तरी नगरपालिका-८ बस्ने रहिम लहेरिको घरबाट १० बोरा अन्दाजी २५० के.जि. अं. रु १,५०,०००।–, सोही स्थान बस्ने जवार दर्जीको घरबाट १९ बोरा अं. ४७५ के.जि. अं. रु २,८५,०००।– र ऐ.ऐ. बस्ने हकिम दर्जीको घरबाट ९ बोरा अं. २२५ के.जि. अं. रु १,३५,०००।– गरी जम्मा ३८ बोरा अं. ९५० के.जि. अं. रु ५,७०,०००।– बराबरको परिमाणमा मरिच नियन्त्रणमा लिएको छ । उक्त घरधनि फरार रहेकोमा खोजतलास कार्य जारी रहेको ।