प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मानिस पक्राउ

सिरहा, २०७६ श्रावण २३ गते ।

जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं.-७ ट्राफिक चौक स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको पिकेट टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा पक्राउ गर्दा जिल्ला सिरहा नगरपालिका वडा नं.-५ बस्ने बर्ष ४५ को मोहमद मुमताजले पिकेटमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोजिएको हुँदा सामान र मानिसलाई पक्राउ गरी प्रहरीले  थप आवश्यक अनुसन्धान गरिरहेको ।