अवैध तरीकाले ल्याएको भैसी सहित मानिस नियन्त्रणमा

सिरहा,श्रावण २२ गते ।

जिल्ला सिरहा, सिरहा नगरपालिका-७ ट्राफिक चौक स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको पिकेट टोलीले चेकजाँच गर्ने क्रममा दक्षिण बाट उत्तर तर्फ बिना कागजपत्र ना २ ख ८५५५ नम्बरको LP ट्रकमा ल्याउदै गरेको लैनो भैसि ११ वटा र बच्चा सहितको नियन्त्रणमा लिएकोमा आवश्यक अनुसन्धान पश्चात आज मिति२०७६।०४।२३ गते आवश्यक कार्बाहीको लागि लैनो भैसि, ट्रक र ट्रक चालक जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका-२ बस्ने बर्ष ३२ को सञ्जय कुमार चौधरी, भैसी धनी जिल्ला सिरहा सिरहा नगरपालिका-१२ बस्ने बर्ष ५२ को ईन कुमार यादबले अवैध तरीकाले ल्याएको बच्चा सहितको ११ वटा भैसी समेत यादवलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर, सिरहामा बुझाएको ।