नक्कली परिक्षार्थी पक्राउ

पर्सा, श्रावण २५ गते ।

जिल्ला पर्सा बिरगंज महानगरपालिका-१५ स्थित  नेशनल मेडिकल कलेज बिरगंजमा CTEVT को प्रबिणता प्रमाण पत्र नर्सिङको परिक्षामा जिल्ला रौतहट अमुनिया गाउँपालिका-१ जेठरहिया बस्ने बर्ष २२ को जोग नारायण यादवले जिल्ला रौतहट गढीमाई गाउँपालिका-६ धरमपुर बस्ने अन्दाजी बर्ष २२ को छोटेलाल यादवको नाममा परिक्षा दिदै र त्यसै गरी गढीमाई गाउँपालिका-६ धरमपुर बस्ने कौसल प्रसाद यादवले जिल्ला रौतहट बस्ने रमाकान्त साहको नाममा परिक्षा दिदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । यस सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको  छ ।