भन्सार छलिका सामानहरु बरामद

सर्लाही, श्रावण २७ गते ।

जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका-५ करिब २ लाख ५० हजार बरावरको भन्सार छलिका विभिन्न कपडाहरु सोमबार साँझ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल तर्फ भन्सार छली ल्याईएको कुर्ता सुरुवाल सुट  ५५ थान, साडी थान ३६, सुती साडी थान ५२, सुर्ती बोरा ३ भन्सार चोरी निकाशी नियन्त्रणको लागि संघिय प्रहरी ईकाई कार्यालयबाट खटिएको सिभिल टोली र प्रहरी चौकी पर्साको संयुक्त टोलीले उक्त सामानहरु बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।