लागूऔषध सहित मानिस पक्राउ

सिरहा, श्रावण २७ गते ।

जिल्ला सिरहा गोलबजार नगरपालिका-४ आयुष बस काउन्टर स्थित ना. ८ ख ५८३७ नम्बरको राजबिराजबाट काठमान्डौं चल्ने रात्री बसमा ऐ.ऐ.बस्ने अ.वर्ष ४० को मनोज कुमार साह गोलबजारबाट काठमान्डौं जाने रात्री बसमा टिकट काटी बसको साहु, ऐ.ऐ.बस्ने अ.वर्ष ४५ को धनिकलाल साह बिच ऐ.काउन्टर स्थितमा यात्रुको (बस समयमा नआई ढिलो आईपुगेको) बिषयलाई लिएर एक आफ्समा झै-झगडा हुँदा बसको साहु धनिकलाल साह र यात्रु मनोज कुमार साह दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा सोधपुछ गर्दा मनोज कुमार साहले पछाडी बोकेको झोला खोलेर हेर्दा उक्त झोला भित्र रहेको अवैध DIA LEX – DC १०० ml बोतल  ७ थान, Nitravet-10 Tablets १९ पिस, नगद ने.रु. ३१,५८५।–, नगद भा.रु. ४,३२०।–, बिदेशी मुद्राहरु :- अमेरिकन डलर रु. १ को थान- १, दुबई डलर रु. ५ को थान- २, मलेशियन डलर रु. १ को थान- २, कतारियन डलर रु. १० को थान- १, चिनियाँ डलर रु. १ को थान- १ लागु औषध तथा अन्य सामानहरु फेला परेको तथा निज मनोज कुमार साहलाई आवश्यक अनुसन्धाको लागि ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखिएको बसको साहु धनिकलाल साह सामान्य घाइते भई उपचारको लागि स्थानिय मेडिकल तर्फ पठाईएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

यसै गरी जिल्ला पर्सा बिरगंज महानगरपालिका-१९ विन्दवासिनी स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरुलाई अस्थाई प्रहरी पोष्ट बिन्दवासिनि पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतवाट नेपालतर्फ ना ५ प २३१३ नम्बरको मोटरसाईकल चलाई आउदै गरेको जिल्ला पर्सा बहुदरमाई नगरपालिका-८ बिश्रामपुर बस्ने बर्ष २९ को हबिब उलाह देवान र ऐ.ऐ. बस्ने बर्ष २४ को मंजय पटेलको साथबाट लागु औषध  इन्जेक्शन फेनारगन ८ पिस, नुर्फिन ८ पिस र डाइजेल्याव ८ पिस फेला परेकोले सो लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।