भारतीय पलेट गाडी चढेर चोरी गर्न आएका दुईजना पक्राउ

रौतहट, श्रावण २७ गते ।

पूर्वपश्चिम राजमार्गको चन्द्रपुर चोकमा रहेका व्यापारिक पसलमा चोरी गर्न गाडी (स्कारपियो जीप) चढेर आएका दुईजना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०५ पि ३६४६ नम्वरको स्कारपिओ जीपमा आएका उनीहरुलाई  श्याम मोवाइल पसलमा सिसिटिभी क्यामरा जडान भएको पसलमा चोरी गर्ने तयारी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति २.३० बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्लाको खडका पंचायत, रामपुरका ३० वर्षका लोकेशकुमार र गौर नगरपालिका-५ का ३४ वर्षका प्रेम शंकर यादव दुवै जनाको साथबाट सटर काट्न प्रयोग हुने वायर कटर र तीन थान मोवाईल समेत बरामद गरेका छन् । यस सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।