भन्सार छली समानहरु बरामद

महोत्तरी, भदौ २३ गते ।

जिल्ला महोत्तरी गौशाला नगरपालिका- १२ कान्तिबजार स्थित बाट खटिएको प्रहरी  टोलीलाई देख्न साथ भारतबाट भन्सार छली चोरी पैठारीगरी मोटरसाईकलमा ल्याएको निम्न.साडी-६२ थान, मार्किन धागो-५ थान, पेटीकोटको कपडा-७३ थान, पाईन्टको कपडा-५थान, कुर्ता सलवाल-५६ थान, ब्लाउजको पिस-२००, कटनको कपडा-१४ थान, समानहरु छाडी भागको, उक्त समानहरु नियन्त्रणमा लिई प्रहरी चौकीमा ल्याई राखीएको छ ।