भरुवा बन्दुक बरामद

बारा, भदौ २३ गते ।

जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा न.२२ नयाँ बस्ती स्थितको जंगलमा बेबारिसे अबस्थाम भरुवा बन्दुक छ भन्ने विशेष सुचनाको आधारमा उक्त स्थानमा  ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटि गई उक्त भरुवा बन्दुक पातले छोपेको अबस्थामा  बरामद गरी ल्याई राखिएको उक्त भरुवा बन्दुक को कसको हो भन्ने खुल्न सकेको छैन् ।