अवैध लागूऔषध सहित मानिस नियन्त्रण

पर्सा भदौ २३ गते ।

जिल्ला पर्सा वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईर्नवाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको जिल्ला काठमाण्डौ महानगरपालिका-६ बौद्ध बस्ने प्रेम बहादुर खत्रीको छोरा वर्ष ३६ को निरज खत्रीको साथ बाट डाईजेपाम २५ थान,नुरफिन२५ थान र फेनारगन२५ थान, सोहि महानगरपालिका कफनटार बस्ने सानु तामाङ को  छोरा बर्ष २२ को जिई तामाङको साथबाट डाईजेपाम २५ पिस नुरफिन २५ पिस फेनारगन २५ पिस मरिमाणमा अवैध लागूऔषध फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा आवश्यक कार्वाहीको लागी पठाएको छ ।