मृत लाश फेला परेको

पर्सा, भदौ २४ गते ।

जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ स्थित रहेको नगवा पोखरी भित्र नामथर वतन नखुलेको वर्ण गहुगोरो, गोलो अनुहार, मझौला शरिर, ५ फिट उच्चाई, सानो कालो कपाल, सेतो र रातो रंग भएको टिसट, हाप कालो रगंको बक्स पाईन्ट लगाएको अन्दाजी ४०/५० बर्षको तराई मुलको देखिने पुरुष व्यक्तिको लास  छ भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको  प्रहरी टोलि खटी गई घटनास्थल तथा लाशजाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान सम्पन्न गरी लाश पोष्टमार्टमको लागी नारायणी अस्पतालमा पठाई थप अनुसन्धान कार्य भइरहेको ।