लागुऔषध (ब्राउन सुगर) सहित मानिस पक्राउ

सिरहा, भदौ २४ गते ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले जिल्ला सिरहा, गोलबजार नगरपालिका-६ लक्ष्मी मन्दिर स्थित बस्ने बर्ष २१ को राहुल भन्ने जिवछ साहको घर कोठाभित्र तरकारी बेच्ने क्यारेटमा बिक्री वितरणको लागी लुकाई छिपाई राखिएको लागु औषध ( ब्राउन सुगर) जस्तो देखिने प्लाष्टिकको पोकामा तयार पारीएको अन्दाजी ४.५ ग्राम ब्राउन सुगर फेला परेको, निज जिवछ कुमार साह र निज संगै रहेको सोहि नगरपालिका बस्ने बर्ष १९ को राजन बिश्वकर्मा समेतलाई शरीर खानतलासी गर्दा साथमा रहेको नगद नेपाली रु. २,३६५।- र SAMSUNG कम्पन्नीको मोवाईल थान १ सहित फेलापारी ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।