रिभल्वल सहित मानिस पक्राउ

सिरहा, भदौ २४ गते ।

जिल्ला सिरहा बिष्णुपुर गाउँपालिका-४ थलाहाकट्टा स्थित बस्ने रामपृत यादबको छोरा बर्ष ३० को कृष्ण यादबले घरयासी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको भन्ने खबर प्राप्त हुना साथ तत्काल प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुग्दा (लोड नभएको) एक रिभल्वल (सिक्सर) फेला परेको र निज भागी गएकोमा प्रहरीबाट खोजतलाश गर्दा निज हाल बसोबास गरी रहेको घर जिल्ला सिरहा बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।