फरार प्रतिवादी पक्राउ

पर्सा, असोज १६ गते ।

सम्मानित पर्सा जिल्ला अदालतको मिति २०७१।०१।०४ गतेको फैसलाले ६ बर्ष कैद र १०,०००।– जरिवाना तोकिएको लागूऔषध खैरो हेरोईन मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा बीरगंज महानगरपालिका-२३ बस्ने सुकदेव कुशवाहाको छोरा बर्ष ३६ को सोनालाल प्रसाद कुशवाहालाई वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा मिति २०७६।०६।१५ गते अन्दाजी १८:१५ बजेको समयमा जिल्ला पर्सा बीरगंज महानगरपालिका-१३ राधेमाई चोक स्थितबाट नियन्त्रणमा लिई  आवश्यक कारवाहिको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ ।