मोबाईल चोरी गर्ने पक्राउ

पर्सा, असोज १७ गते ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७६।०६।१६ र १७ गते जिल्ला पर्सा वीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट मोवाईल फोन चोरी गर्ने जिल्ला पर्सा बीरगंज महानगरपालिका-३ बस्ने मिश्री यादवको छोरा  बर्ष २४ को गौरीशंकर यादव, ऐ.वडा नं.१७ बस्ने जोधा राम हरिजनको छोरा बर्ष २४ को मनोज राम हरिजन, ऐ.वडा नं.१४ बस्ने जाकिर अंसारीको छोरा बर्ष २२ को जमसेद अंसारी, भारत बिहार जिल्ला पुर्बी चम्पारण बस्ने प्रमेख पटेलको छोरा बर्ष २२ को विक्रम पटेल, निजहरुको साथबाट नगद नेपाली रु.२१,७२६।–, भारु.१७,०००।– र विभिन्न ब्राण्डका मोबाईल फोन १७ वटा सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।