अवैध लागूऔषध सहित मानिस पक्राउ

सर्लाही, असोज १७ गते ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको  प्रहरी टोलीले गस्ती गर्दै जाँदा  जिल्ला सर्लाही मलंगवा नगरपालिका-४ शिवसागर चौक स्थितमा पुग्दा १ जना अपरचित व्यक्तिले हातमा प्लाष्टीकको झोलामा सामान बोकी शंकास्पद अबस्थामा भारतको सोनवर्षा तर्फबाट गम्हरिया तर्फ आउँदै गरेको अवस्थामा निज व्यक्तिलाई रोकी निजको नामथर वतन सोधपुछ गर्दा जिल्ला सर्लाही लालबन्दी नगरपालिका-७ बजार टोलमा बस्ने इन्द्र लामाको छोरा वर्ष २० को सुशान तामाङको शरीर तथा निजले हातमा बोकी राखेको कालो प्लाष्टीको झोला तलासी गर्दा लागूऔषध  NITRAVET पत्ता ३० बरावर जम्मा ९०० ट्यावलेट सहित सुशान तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।