अवैध लागूऔषध सहित मानिस पक्राउ

रौतहट, असोज १७ गते ।

मिति २०६।०६।१६ गते अ.१९.४० बजेको समयमा जिल्ला रौतहट यमुनामाई गाउँपालीका वाड न.१ सुकदेबचौक गौर चपुर सडक खण्ड स्थितमा प्रहरी चौकी सुकदेबचौक रौतहटबाट खटिएको प्रहरी चेकिङग टोलीले गौर बाट काठमाण्डौं तर्फ जादै गरेको बा ५ ख ९०६३ नम्बरको  (Dhum-4) यात्रु बाहक बसमा सबार यात्रुहरुलाई संका  लागी चेकजाँच गर्ने क्रममा उक्त बसमा सबार जिल्ला रौतहट गौर नगरपालिका-६ सबगढवा बस्ने बिनोद साहको छोरा अन्दाजी बर्ष-२०/२२ को राकेश साहको साथबाट डाईजोपाम -२० थान, फेनारगन-२० थान, नुर्फीम -२०थान गरी जम्मा -६० थान सहित निजलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको छ ।