चाँदी सहित मानिस प्रकाउ

महोत्तरी, असोज १७ गते ।

मिति २०७६/०६/१६ गते अं.१५;३० बजेको समयमा जिल्ला महोत्तरी जलेश्वर नगरपालिका-२ खैरा चोक स्थितमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले जनकपुर बाट भिठ्ठामोड जादै गरेको ज १२ प ७३३ नम्बरको मोटरसाईकलमा भारत बिहार हनुमानजी नगर १ बस्ने बर्ष २५ को सिताराम साहु ले मोटरसाईकलमा लुकाईछिपाई ल्याएको अन्दाजी २ किलो ४०० ग्राम चादी  र उक्त मोटरसाईकलको ट्याङकिबाट पुन  ८ किलो ५०० ग्राम चाँदी फेला पारी मोटरसाईकल र निजलाई सहितलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई राखिएको अन्य अनुसन्धान कार्य भईरहेको छ ।