हतियार सहित मानिस पक्राउ

धनुषा, असोज १६ गते ।

जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१४ मणिपाल अस्पताल परिसरमा जिल्ला महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने मदन पाठकको छोरा वर्ष २१ को आनन्द पाठकलाई शंकालागि २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलिया धनुषाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा नाल-१ कटुवा खाली पेस्तोल फेला पारी हतियार बरामद गरको, निज आनन्द पाठक र निजले प्रयोग गरेको ज ११ प ४६५० नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको छ ।