अवैध गाँजा खेती नष्ट

बारा, असोज १८ गते । मिति २०७६।०६।१८ गते विहान ०८:२० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्र.उ. विकासराज खनालको कमाण्डमा ई.प्र.का. सिमरा, निजगढ र अ.प्र.पोष्ट रतनपुर समेतबाट खटिएको प्रहरी टोलिले जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १२ का विभिन्न स्थानहरुमा लगाईएको अं. ४ बिगाहा अवैध गाँजा खेती फाडी नष्ट गरिएको । साथै अवैध रुपमा गाँजा खेती गर्ने व्यक्ति मध्ये खुल्न आएका जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १२ बस्ने दिल बहादुर आले मगरको छोरा बर्ष २३ को भिम बहादुर आले मगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भई रहेको ।