अवैध घरेलु मदिरा भट्टी नष्ट

बारा, असोज १९ गते । मिति २०७६।०६।१८ गते विहान १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्र.उ.विकासराज खनालको कमाण्डमा अ.प्र.पोष्ट बसपार्क बारा समेतबाट खटिएको प्रहरी टोलिले जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं.१ स्थितमा ऐ.ऐ.बस्ने मदन कलवार, लालबाबु साह, ऐ.ऐ.वडा नं.४ स्थितमा शम्भु पटेल, पल्ट चौधरी, ऐ.ऐ.वडा नं.७ स्थितमा भन्टु दास समेतले संचालन गरेको अवैध मदिरा भट्टी-६ वटा, कच्चा पदार्थ १२,५०० लिटर, तयारी मदिरा १७० लिटर नष्ट गरी अवैध मदिरा उत्पादनमा संलग्न जिल्ला बारा कलैया उप-महानगरपालिका-१ बस्ने मदन कलवार, ऐ.वडा नं.४ बस्ने भोला दास र ऐ.ऐ.बस्ने मुकेश मलीलाई नियन्त्रणमा लिएको ।