चोरीको सामान सहित मानिस पक्राउ

सप्तरी, असोज ३० गते ।

मिति २०७६/०६/२५ गते बिहाम अं. २-३ बजेको समयमा चोरी भएको र सो वारदातमा संलग्न मानिसको फुटेज CCTV मा कैद रहेको भनी जानकारी हुन आएको हुँदा CCTV फुटेज र मानिसको हुलिया समेतको आधारमा सुक्ष्म रुपले खोजतलास तथा पहिचान गर्दै जाँदा जिल्ला सप्तरी महादेवा गाउँपालिका-१ घर भई हाल जिल्ला सप्तरी  राजविराज नगरपालिका-८ स्थित सरस्वती साहको घरमा डेरा लिई बस्ने गरेको बर्ष १६ को (नाम गोपनियता कायम गरिएको) हो भनि एकिन हुन आएको हुँदा मिति २०७६/०६/२८ गते निजलाई फेला पारी निजकै डेरामा गई रीतपूर्वक खानतलासी गरी तपिशलमा उल्लेखित विभिन्न वारदातमा चोरी भएको सामानहरु, Samsung Galaxy A7 mobile निलो रङको थान-१, Be fashion Champion लेखिएको कालो रङको फुलभेष्ट  थान-१, Lava company को मोबाइल थान-१, टेस्टर थान-१, फाईटर थान-१, Samsung Adapter Memory थान-१, मोबाईल चार्जर थान-५, हेडफोन थान-२, ३ वटा चाबि भएको झुप्पा थान-१ फेला परेको र सोही वारदातमा चोरी भएको धनमाल थाहा हुँदा हुदै पनि लुकाई छिपाई राख्नुका साथै वारदातमा रेकी गरी सहयोग गरेकोले निजको आमा बर्ष ४० को (नाम गोपानियता राखिएको) समेतलाई निजको घरकोठाबाट नियन्त्रणमा लिई चोरीका सामानहरु बरामद गरी तथा राजविराज नगरपालिका- ८ बस्ने ८ जनाको घरमा विभिन्न समयमा चोरी भएको भनी आएको  संयुक्त  जाहेरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा मिति २०७६/०६/२९ गते सम्मानित अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको  छ ।