गाँजा फडानि

सिरहा, कार्तिक ०२ गते ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलिले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नम्बर १० धरमपुर टोल स्थितमा २ बिघा खेतवारीमा उम्रिएको गाँजाको बिरुवा सानो अन्दाजी ३,०००- (तिन हजार) ठुलो गाँजाको बोट बिरुवा अन्दाजी  ५,०००/- (पाँच हजार) गरी जम्मा अन्दाजी ८,०००- (आठ हजार) बोट बिरुवाहरु फडानी गरी नष्ट गरिएको छ ।  

यसै गरी बारा, कार्तिक ०२ गते । ईलाका प्रहरी कार्यालय अम्लेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उप-महानगरपालिका-२२ नयाँ बस्ती स्थितमा अवैध रुपमा लगाईएको अन्दाजी १५ कठ्ठा क्षेत्रफलमा रहेको गाँजा खेती फडानि गरी नष्ट गरिएको छ ।