चाँदी सहित मानिस पक्राउ

सिरहा, कार्तिक ०२ गते ।

ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलिले बरियारपट्टी गाउँपालिका-३ दुर्गा मन्दिर चौकबाट मानिस तथा सवारी साधन चेकजाँच गर्ने क्रममा भारत तर्फ बाट सुखिपुर तर्फ आइरहेको पैदल यात्री जिल्ला मोरङ रंगेली नगरपालिका-९ बस्ने बर्ष २५ को उमेश बिश्वकर्मा उपर संका लागि निजलाई खान तलासी लिदा गर्दा निजले बोकेको झोला भित्र बाट भन्सार छली चोरी पैठारी गरी ल्याएको तयारी अबस्थाको चाँदीको सानो ठुलो पाउजु ११२ थान, चाँदीको सिक्री ३१ थान, चाँदीको औठी ७२ थान, चाँदीको बाला १२ थान , चाँदीको पायलमा लगाउने घुङरु ५० थान, बन्दै गरेको ब्रास्लेट १ थान खुट्टाको औलामा लगाउने बिच्छी(ठेस्सा) ७ थान, चाँदीको गोलो दानाहरु रहेको प्लाष्टिकको पोका १ थान गरी जम्मा ६ किलो ३९५ ग्राम चाँदी सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई राखेको  छ ।