अबैध पटाका पक्राउ

सिरहा, कार्तिक ०२ गते ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा प्रत्यक्ष मातहत युनिटहरु ईलाका प्रहरी कार्यालय माडर, बरीयारपट्टी, बिष्णुपुर, सन्हैठा, औरहीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा भारतवाट नेपाल तर्फ अबैध रुपमा विभिन्न किसिमका नागिन पटाका १५०० प्याकेट, झिरझिरे पटाका ५०० प्याकेट, बुलेट पटाका २५ प्याकेट, मुर्गा छाप पटाका १० प्याकेट, आलु बम १०० प्याकेट, चकलेट बम १०० प्याकेट, फुलझारी १० प्याकेट, चक्र २० प्याकेट, रोलकयाप्स पटाका २० प्याकेट, बरामद गरी नियन्त्रणमा लिई स्थानिय नागरिक ,बुद्दिजीवी, पत्रकार समेतको रोहवरमा नष्ट गरिएको गरिएको छ ।